site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खबरदार ! निजी मेडिकल कलेजहरूमा माफियाकरण हुन दिँदैनौँ : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले निजी मेडिकल कलेजहरूबाट अध्यापन हुने शिक्षामा माफियाकरण भइरहेको आरोप लगाएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले स्नातकोत्तर तह अध्यापनबारे यस्तो धारणा राखेकी हुन् ।

निजी मेडिकल कलेजहरूले पीजी तहमा २२ लाख रुपैयाँ शुल्क लिएर पनि आवासीय चिकित्सकहरूलाई सरकारले तोकअनुसार निर्वाह भत्ता नदिएको विषयमा उनले बोलेकी थिइन् ।

सांसद कार्कीले स्नातक र स्नातकोत्तर तहका चिकित्सकलाई निर्वाह भत्तामा निजी मेडिकल कलेजहरूले श्रम शोषण गरिरहेको बताइन् ।

उनले भनिन्, "सरकारी प्रतिष्ठानहरूमा त्यही २२ लाख लिएर आठौँ तहको भत्ता दिन सक्ने निजीले त्यही शुल्क लिएन दिन्न भन्ने, खबरदार निजी मेडिकल कलेजहरूमा यस्तो माफियाकरण हुन हामी दिँदैनौँ ।"

लाइसेन्सप्राप्त र पूर्णकालीनरूपमा खटिने चिकित्सकलाई श्रम शोषण गरेर तोकिएको तलबभत्ताबाट वञ्चित गर्न नपाइने उनको भनाइ छ ।

पीजी अध्यापनका निम्ति २२ लाख रुपैयाँ शुल्क घटाउनुपर्ने र क्रमश: निःशुल्क गर्दौ लैजानुपर्ने डा. कार्कीको माग छ ।

चिकित्सा शिक्षा आयोगले पीजी तहका अवासीय चिकित्सकहरूलाई ४८ हजार ७३७ रुपैयाँ भत्ता प्रदान गर्न निर्देशन दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro