site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सचिवहरू आतंकित भए : सांसद तामाङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले सरकारले वरीयताक्रम मिचेर मुख्यसचिव नियुक्त गरेका कारण सचिवहरू आतंकित भएका बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले सरकारको मुख्य काम थिति बसाल्ने र कानुन कार्यान्वयन गर्ने भए पनि त्यसो हुन नसकेको उल्लेख गरे । उनले अरू नियुक्तिमा पनि वरीयताक्रम मिच्ने काम गरिएको बताए ।

Dabur Nepal
NIC Asia

प्रधानमन्त्रीको तहबाट निरंकुशता लाद्ने खालका निर्णय भइरहेका उनले आरोप लगाए । उनले मुलुकमा सबैतिर बेथिति र अराजकता बढेको बताए ।

जनताको अधिकार कुण्ठित गरेर संविधान संशोधन गर्न माओवादी केन्द्रले नदिने उनले उल्लेख गरे । कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली राख्ने गरी संविधान संशोधन गरिने भए आफूहरू तयार रहेको उनले बताए ।

प्रतिनिधिसभा बैठकमा सांसद हितबहादुर तामाङको भनाइ पढ्नोस्–
सरकारले गर्नुपर्ने मुख्य कुराहरू के हुन् ? थिति बसाल्ने कुरा हो । कानुनको कार्यान्वयन गर्ने कुरा हो । तर, मुख्यसचिव बनाउँदाखेरि वरीयताक्रम मिच्ने काम गर्‍यो । जसको कारणले गर्दा अरू सचिवहरूले आतंकित हुनुपर्ने, राजीनामा दिनुपर्ने खालका कुराहरू आए । हिजो मात्रै खेलकुद परिषद्अन्तर्गत खेलकुद विभागमा वरीयताक्रम मिचेर नियुक्ति गरेको कारणले वरिष्ठ खेलाडी, ओलम्पियन संगीता वैद्यले राजीनामा दिएको कुरा बाहिर आइरहेका छन् । मुलुकमा सबैतिर बेथिति नै बेथिति छ । अराजकता नै अराजकता छ । प्रधानमन्त्रीको तहबाट निरंकुशता लाद्ने खालका निर्णयहरू भइराखेका छन् । यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro