site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ह्वील स्टेरिङ लक भएपछि विमान ‘डाइभर्ट’
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंबाट सुर्खेतका निम्ति उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ । विमानस्थलबाट उडेको केही मिनेटमा विमानको इन्डिकेटरमा समस्या देखिएपछि डाइभर्ट गरिएको हो ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभई डाइभर्ट गरिएको हो । “काठमाडौंबाट सुर्खेतका लागि आज बिहान उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि पुनः विमानस्थलमै फर्काइएको थियो,” उनले भने, “ह्वील स्टेरिङ लक भएकाले विमान बीचबाटै फर्काइएको हो । अहिले विमानस्थलबाट हुुने अन्य उडान नियमित सञ्चालन भइरहेको छ ।”

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राविधिक समस्या देखिएको उक्त विमानका यात्रुलाई वैकल्पिक उडानमार्फत गन्तव्यमा पुर्‍याइएको जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro