देश

कैलाली । कैलालीको खुटिया नदीमा डुबेर आइतबार एक किशोरी बेपत्ता भएकी छन् ।
बेपत्ता हुनेमा धनगढी उपमहानगरपालिका–१४, जीगाउँकी १६ वर्षीया जेनिसा अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराले जानकारी दिए ।
उनका अनुसार, धनगढी–१५ र ७ को बीचमा पर्ने वेली पुलनजिकै खुटिया नदीमा नुहाउने क्रममा जेनिसा र उनकी बहिनी १४ वर्षीया सवी अवस्थी डुबेका थिए ।
प्रहरी र स्थानीयको सहयोगमा सवीको उद्धार गरिएको थियो । जेनिसा भने बेपत्ता छिन् । सवीको अवस्था गम्भीर रहेको र बेपत्ता जेनिसाको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१ १८:५७
प्रतिक्रिया दिनुहोस्