site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानन्यायाधीश नेतृत्वको न्याय परिषद्लाई कानुन पालना गर्न सर्वोच्चको आदेश 
फाइल तस्बिर ।

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था पालना गर्न न्याय परिषद्का नाममा परमादेश जारी गरेको छ । प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्याय परिषद्लाई कानुन पालना गर्न सर्वोच्चले नै आदेश दिएको हो ।

अधिवक्ता दीपकविक्रम मिश्रको रिटमा न्यायाधीश हरि फुयाल र विनोद शर्माको संयुक्त इजलासले मंगलबार (भदौ १८) यस्तो आदेश जारी गरेको हो । न्याय परिषद् ऐन, २०७३ को दफा ४ मा सर्वोच्चका न्यायाधीशको पद रिक्त हुनुभन्दा कम्तीमा एक महिनाअघि नियुक्ति सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

Dabur Nepal
NIC Asia

उक्त व्यवस्था पालना नहुँदा सर्वोच्चमा चार न्यायाधीश पद रिक्त भएको भन्दै अधिवक्ता मिश्रले ०७५ सालमा रिट दायर गरेका थिए । न्याय परिषद् सचिवालय समेतलाई विपक्षी बनाइएको रिटको पटक–पटक पेसी सर्दै आएको थियो । ६ वर्षपछि मंगलबार उक्त कानुनी व्यवस्था पालना गर्न आदेश जारी गरिएको हो ।

हाल सर्वोच्चमा चार न्यायाधीशको पद रिक्त छ । सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने संवैधानिक व्यवस्था छ । हाल १७ जना मात्र कार्यरत छन् । रिक्त पदमा नियुक्तिका निम्ति न्याय परिषद् बैठक बोलाइए पनि नेपाल बार एसोसिएसनको आन्दोलनका कारण रोकिएको छ ।

न्याय परिषद्का अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बार–बेन्च समन्वय समितिको बैठक डाकेर न्याय परिषद् नियमावलीमा गर्नुपर्ने सुधारबारे सुझाव दिन वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा कार्यदल गठन गरेका छन् । कार्यदलमा न्याय परिषद्का सदस्य रामप्रसाद भण्डारी, नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनाल सदस्य छन् । न्याय परिषद्का सचिव यमबहादुर बुढामगरलाई कार्यदलमा सदस्यसचिवको भूमिका तोकिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro