site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निर्मला पन्त हत्याको सूक्ष्म ढंगले अनुसन्धान हुन्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रूपमा अनुसन्धान गरिने बताएका छन् । बिहीबार कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त हत्या प्रकरणलाई आफूले गम्भीरताका साथ लिएको बताए ।

“यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु, यो घटनाको सूक्ष्म ढंगले अनुसन्धान हुन्छ,” उनले भने ।

०७५ साउन १० मा कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । हालसम्म हत्यारा पत्ता लागेको छैन ।

गृहमन्त्री लेखकले कञ्चनपुरको दोधाराचाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रूपमा विकास गरिने पनि बताए । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ,” उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ, यसले चीनसँग जोड्छ ।”

दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको उनले उल्लेख गरे । “दुईतीन महिनाभित्रै सुक्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ,” उनले भने, “छिट्टै सुक्खा बन्दरगाहको काम अघि बढ्नेछ ।” 

उनले दुई ठूला राजनीतिक दल – नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरे । “दुई दलबीच सातबुँदे सहमति भएर सरकार निर्माण भएको छ,” उनले भने, “यो गठबन्धन आगामी चुनावसम्मै जान्छ, यसमा ढुक्क हुनुस् ।”

तीनदिने भ्रमण सिलसिलामा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरमा प्रहरीका दुई भवन उद्घाटन गरेका छन् । उनले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन समेत गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro