site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य मन्त्रालयले तोक्यो अस्पतालका ओपीडी खुल्नुपर्ने २४ सार्वजनिक बिदा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन ओपीडी सेवा सञ्चालन गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न अस्पतालहरूलाई पुन: दबाब दिएको छ । मन्त्रालयले २४ वटा सार्वजनिक बिदामा सर्वसाधारणको सुविधाका निम्ति ओपीडी सेवा सञ्चालन गर्न सबै अस्पताललाई आग्रह गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यही भदौ ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बिदाका दिनमा पनि ओपीडी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनेको थियो ।

साथै, सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था अनुसार  पनि २०८० माघ २९ गते प्रकाशित नेपाल राजपत्रमा पनि बिदाका दिनहरूमा स्वास्थ्य संस्थाहरू सामान्य दिनसरह सबै प्रकारका स्वास्थ्य सेवा सुचारु रहने उल्लेख भएकाले सोहीअनुसार गर्न मन्त्रालयको निर्देशन छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल चिकित्सक संघ भने अवैज्ञानिक र अव्यवहारिक भन्दै यो निर्णयको विरोधमा छ । 

यी हुन् ओपीडी चलाउनुपर्ने २४ दिन 

(क) पर्व बिदा
१. रामनवमी, २. चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व ३. रक्षाबन्धन ४. श्रीकृष्ण जन्माष्टमी, ५ . घटस्थापना, ६. क्रिसमस डे ७. धान्य पूर्णिमा उँधौली पर्व/योमरी पुन्ही (ज्यापु दिवस), ८. तमु ल्होसार, ९. माघी पर्व/माघे सङ्क्रान्ति, १० सोनम ल्होसार, ११. महाशिवरात्री १२. ग्याल्पो ल्होसार, १३. ईद (ईद उल फित्र) १४. वकर ईद (ईद उल अजहा ) ।

(ख) जात्रा बिदा
१. गाईजात्रा, २. इन्द्रजात्रा, ३. मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा ४. घोडेजात्रा बिदा ।

(ग) सार्वजनिक दिवस
१. गणतन्त्र दिवस, २. सहिद दिवस ३ राष्ट्रिय प्रजातन्त्र दिवस ४ अन्तर्राष्ट्रिय महिला दिवस ।

(घ) जन्मजयन्ती बिदा
१. बुद्ध जयन्ती २. पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) ।

मन्त्रालयको विज्ञप्ति

Swasthya-Mantralaya-(2)-1725366775.jpg
 


 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्