site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘सार्वजनिक बिदाका दिन ओपीडी चलाउने सरकारको निर्णय अव्यवहारिक र अवैज्ञानिक ’

काठमाडौं । नेपाल चिकित्सक संघले सार्वजनिक बिदाका दिन बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्ने सरकारको निर्णय अव्यवहारिक भएको भन्दै फिर्ता गर्न माग गरेको छ । 

संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले चिकित्सक स्वास्थ्यकर्मीहरूमाथि अन्याय भएको भन्दै आपत्ति जनाएको छ । “चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको शारीरिक र मानसिक स्वास्थ्यको बेवास्ता गर्दै बिदाका दिनहरूमा  समेत बहिरंग सेवा सञ्चालन गर्ने कुरा मानवताको दृष्टीकोणले अव्यवहारिक तथा अवैज्ञानिक भएकाले सो निर्णय अविलम्ब फिर्ता लिन जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ । 

स्वास्थ्य क्षेत्रमा जनशक्ति कम र सेवा सुविधा पनि ज्यादै न्यून रहेको अवस्थामा बिदाका दिनमा ओपीडी सञ्चालन गर्न सम्भवन नभएको संघको ठहर छ ।

सातामा दुईदिने अन्तर्राष्ट्रिय अभ्यासविपरीत सरकारले अन्यायपूर्ण निर्णय गरेको संघले जनाएको छ । आराम गर्ने समय समेत नदिँदा उनीहरूमा मानसिक समस्या निम्तिइ सेवा प्रवाहमा ह्रास आउने र यसले सामाजिक विचलनसम्म पुर्‍याउने संघको ठहर छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बिदाका दिनमा समेत ओपीडी सेवा प्रवाह गर्ने व्यवस्था गर्न भनेको थियो । 

सोही पत्र र २०८० पुस १२ गतेको मन्त्रिपरिषद्को निर्णयलाई आधार मान्दै मन्त्रालयले सबै संघीय अस्पताललाई निर्णयअनुसार गर्न सोमबार सर्कुलर गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro