site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसमा २२ जना सवार हेलिकोप्टर बेपत्ता
प्रतीकात्मक तस्बिर ।

मस्को । रुसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकोप्टर बेपत्ता भएको क्षेत्रीय अधिकारीले शनिबार बताएका छन् ।

कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा भनिएको छ, “ग्रीनवीच समयानुसार शनिबार बिहान करिब ४ः१५ मा एमआई–८ हेलिकोप्टरसँगको सम्पर्कविच्छेद भएको छ । हेलिकोप्टरमा १९ जना यात्रु र तीन चालक दलका सदस्य गरी २२ जना सवार थिए ।”

रुसी अधिकारीका अनुसार, अरू हेलिकोप्टरमा पठाइएका उद्धार टोलीहरूले रातभर हराइरहेको हेलिकोप्टरको खोजी गरिरहेका छन् ।

एमआई–८ सोभियतकालीन डिजाइनको सैन्य हेलिकोप्टर हो । रुसमा यातायातका निम्ति त्यो व्यापक रूपमा प्रयोग गरिन्छ ।

आपत्कालीन सेवाका एक स्रोतले तास समाचार संस्थालाई बताएअनुसार, हेलिकोप्टर उडेको केही समयपछि राडारबाट गायब भएको थियो । चालक दलका सदस्यलाई कुनै समस्या भएको थिएन ।

मौसमसम्बन्धी सेवा प्रदान गर्ने स्थानीय एक कार्यालयले विमानस्थलको क्षेत्रमा ‘भिजिबिलिटी’ कम रहेको जनाएको छ ।

प्रायः उडानका निम्ति प्रतिकूल मौसम रहने रुसको सुदूरपूर्वी क्षेत्रमा विमान र हेलिकोप्टर दुर्घटना धेरै हुन्छन् । यहाँ पातलो बस्ती र कम जनसंख्या छ ।

सन् २०२१ अगस्टमा १३ पर्यटकसहित १६ जना सवार एमआई–८ हेलिकोप्टर भिजिबिलिटी कम भएका कारण कामचट्काको तालमा खस्दा आठको मृत्यु भएको थियो ।

सोही वर्षको जुलाईमा प्रायद्वीपमा अवतरणका निम्ति आएको एउटा विमान दुर्घटनाग्रस्त भएको थियो । त्यसमा २२ यात्रु र ६ चालक दलका सदस्य थिए । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro