site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्का बेचेर जीवन निर्वाह गर्दै ७९ वर्षीय धनबहादुर

भोजपुर । इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बनेका छन्, भोजपुर नगरपालिका–११, आम्तेकका धनबहादुर राई । उमेरले ७९ वर्ष पुगेका राई बाँसको सिन्का बनाएर भोजपुर बजारसम्म बिक्रीका निम्ति ल्याउने गर्छन् ।

धनबहादुरले भने, “विगतमा १० देखि २० रुपैयाँ मुठाका दरले सिन्का बेच्ने गरेको थिएँ । अहिले भने १२० सम्ममा बिक्री गर्दै आइरहेको छु ।”

सिन्का बनाउन धेरै समय र मिहिनेत लाग्ने गरेको उनले बताए । उनले भने, “८० वर्ष पुग्न लाग्दा पनि पुरानो पेसा गरिरहेको छु । बजारमा ल्याएको सिन्का सबैले किन्ने गरेका छन् । धैरेले त तराईतिर लान पनि ल्याइदिनु है बाजे पनि भन्छन् ।”

आफ्नै घरनजिक बाँसको झ्याङ रहेको र अरूबाट किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि यो पेसामा लागेको धनबहादुरले सुनाए । उनले भने, “अहिले त खालि युवाहरू विदेश जान तम्सिन्छन् । तर, जोसजाँगर भए त गाउँघरमै पनि त्यत्तिकै त बस्नु पर्दैन ।”

घरबाट १६ मुठा सिन्का लिएर सदरमुकाम आएका उनले केही समयमा नै ती बिक्री गरिसकेको बताए । उनले ती सिन्का बिक्रीबाट एक हजार ५०० रुपैयाँभन्दा बढी पैसा कमाएको उल्लेख गरे ।

राईले सिन्का बिक्रीबाट घरका निम्ति नुन, तेल किन्न सहज भएको बताए । यस्तो काममा अहिलेका युवाले चासो नदेखाउँदा अबका दिनमा सिन्का पाउन मुस्किल हुने उनको भनाइ छ ।

उनले भने, “अहिलेसम्म त भनेकाहरूलाई मैले सिन्का ल्याइदिएको छु, अब मैले छाडेपछि समस्या हुन्छ । त्यसपछि धार्मिक कार्यमा प्रयोग हुने दुनाटपरी कसरी बनाउने ?” रासस

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro