site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकिङ कसुर ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा छलफल

काठमाडौं । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल अर्थ समितिमा सुरु भएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा विधेयकमा भएका व्यवस्थामा आफूहरूले राखेको संशोधन प्रस्तावमा स्पष्ट पारेका छन् ।

यो विधेयकमा २० सांसदले संशोधन प्रस्ताव पेस गरेका छन् । जसमध्ये पहिलो दिन सातजनाले आफ्नो धारणा समितिमा राखेका छन् । पहिलो छलफलमा संशोधनकर्ता सबै उपस्थित नभएपछि आगामी दिनमा उनीहरूलाई आफ्नो धारणा राख्न दिन समितिका सभापति सन्तोष चालिसेले बताए ।

पहिलो दिन नेकपा एमालेका सांसद दीपा शर्मा, भगवती चौधरी र महेश बर्ताैलाले आफूले राखेको प्रस्तावमाथि समितिमा स्पष्ट पारे । त्यस्तैगरी नेपाली कांग्रेसका सांसद श्यामप्रसाद घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राई र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले पनि संशोधन प्रस्तावमाथि स्पष्ट पारे ।

समय सापेक्ष बैंकिङ कसुरसम्बन्धी ऐन बनाउनु पर्ने सांसदहरूले बताए । प्रविधि प्रयोग गरेर आर्थिक ठगी धन्दा गर्नेहरू बढेको भन्दै त्यसलाई रोक्न यो ऐनमा व्यवस्था गर्नुपर्ने सांसद शर्मा बताउँछिन् । संघसंस्था कानुनअनुसार नचल्दा सामान्य नागरिकलाई समस्या समस्या परेको उनको भनाइ छ ।  

पटक–पटक चेक दिने तर, बैंकमा पैसा नहुने प्रवृत्तिले संघसंस्थाले नियतबस सर्वसाधारणलाई ठगेको उनको भनाइ छ ।

त्यस्तै, सांसद चौधरीले अहिलेको संशोधन विधेयकमा ठगिने सम्भावना बढी भएकाले संशोधन हालेको बताइन् । चेक अनादारमा भुल चुकमा हुने र नियतीलाई छुट्याउनु पर्ने उनको भनाइ छ ।

सांसद दुर्गा राईले ऐनमा भएका शब्दहरू सरल र बोलीचालीमा प्रचलित राख्नुपर्ने बताइन् । “धारकको ठाउँमा आधिकारिक भन्ने शब्द राखौँ,” उनले भनिन्, “सबैले बुझ्ने शब्द ऐन नियममा प्रयोग गर्नुपर्छ ।”

बिगोबापतको पाँच प्रतिशत रकम जरिवाना कम भएको उनले बताइन् । बदमासी गर्नेलाई १५ प्रतिशत बनाउनुपर्ने उनले बताइन् ।

त्यस्तै, जाहेरी दिने समय तोकिन नहुने उनको भनाइ छ । रास्वपा सांसद श्रेष्ठले जे कुरालाई पनि अपराधसँग जोड्न नहुने बताइन् । “जेल कोचेर नै पैसा असुल्ने भन्नु गलत छ । म त भन्छु जेल नराखी अगाडि बढाउनुपर्छ । माटो सुहाउँदो ऐन बनाउन सकेका छैनौँ, मिटरब्याज समस्या सल्टेको खालको यो ऐन छैन ।”

सांसद बर्तौलाले चेकमा नै जारी मिति र भुक्तानी मिति राख्ने प्रस्ताव गरे । चेक अनादरका कारण भयावह अवस्था सृजना भएको उनको भनाइ छ । “समयमा रकम नदिनेलाई १५ प्रतिशत ब्याज असुल्ने व्यवस्था गरौँ,” उनले भने, “ऋण लिएर तिर्दिन भन्ने र अपवाह फैलाउनेलाई पनि केही व्यवस्था गरौँ ।”

सांसद सुवालले सहकारी बैंक खोल्न नदिने व्यवस्था गर्ने प्रस्ताव गरे । उनले समुदायमा आधारित सहकारीलाई प्रवर्द्धन गर्नुपर्ने बताए । कसुर घटाउनतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

सांसद घिमिरेले डिजिटल भुक्तानीसम्बन्धी कडा व्यवस्था गर्नुपर्ने बताए । उनले सहकारीमा समस्या आउनुमा सरकारको कमजोरी रहेको बताए । यो क्षेत्रलाई नियमन गर्न राष्ट्र बैंक जस्तै नियमन गर्ने निकाय बनाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro