site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुनाकै पछि लागेर ढोका खोल्न भनेका थिए 'गोली हान्ने' बबी सिंहले
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका बबी सिंह शाहले उनको पिछा गरेको खुलेको छ । हत्या आरोपमा पक्राउ परेका ५१ वर्षीय बबी सिंह शनिबार रातितिर मुनाकै कोठाको ढोकातर्फ गएको सीसीटीभी फुटेजमा देखिएको छ ।

मंगलबार अनुसन्धानकर्ताहरूले उनको सुरक्षा प्रणालीको पासवर्ड प्राप्त गरेको ह्युस्टनस्थित टेलिभिजन एवं अनलाइन क्लिकटुह्युस्टन (केपी आरसी–टीभी)ले जनाएको छ ।

ढोका नजिकैको सीसीटीभी फुटेजमा शनिबार बेलुका ८ बजेर ४० मिनेटतिर मुना र बबी सिंह ढोकामा पुगेको देखिएको क्लिकटुह्युस्टनले उल्लेख गरेको छ ।

सीसीटीभी फुटेजमा मुनाले जुत्ताको बक्स, सपिङ ब्याग, कालो ज्याकेट र पर्स बोकेको देखिएको छ । कालो रङको पेस्तोल बोकेका बबी सिंहले बारम्बार ढोका खोल्न मुनालाई आग्रह गरेको रेकर्डमा देखिएको छ ।

त्यतिबेला मुना पाण्डेले ‘तिमीले के गर्न लागेको हो ?’ भनेर सोधेको सुनिएको बताइएको छ । त्यसपछि बबी सिंहले आफ्नो पेस्तोलको स्लाइड र्‍याक गर्दै फेरि ढोका खोल्न भनेका थिए ।

मुनाले ढोका खोलेपछि बबी सिंहले उनलाई भित्र धकेलर पछाडिबाट ढोका लगाएको फुटेजमा देखिएको छ ।

त्यसको करिब एक घण्टापछि बबी सिंह अपार्टमेन्टबाट बाहिरी निस्किएको देखिएको छ । भित्र पस्दा मुनाले बोकेको कालो झोला बबी सिंहले बोकेर निस्किएको ठानिएको छ ।

बुधबार बबी सिंहको तस्बिर सार्वजनिक भएपछि मुनाले काम गर्ने रेस्टुरेन्टका मालिकलाई अर्काे एक व्यक्तिले बबी सिंह उक्त रेस्टुरेन्टको नियमित ग्राहक भएको भनेको रेस्टुरेन्टका मालिकले अनुसन्धान अधिकारीहरूलाई बताएका छन् ।

ती व्यक्तिले व्यवसाय गर्नका लागि बबी सिंहसँग सम्पर्क राखेको बताइएको छ । उनले अधिकारीहरूलाई शाहको लाइसेन्स र फोन नम्बर उपलब्ध गराएका थिए ।

अर्की एक महिलाले पनि बबी सिंहलाई चिनेको भन्दै खबर गरेकी थिइन् । ती महिलाले उनलाई बबी सिंहका नामले सन् २०१२ मा एक 'सुगर ड्याडी' (महिलाहरूसँग साथी बन्न सामान किनिदिने पुरुष) वेबसाइटमा भेटेको भनेको बताइएको छ ।

यसबीच, मुनाको अन्तिम संस्कारलगायतका खर्च व्यवस्थापन र एकल महिलाका हैसियतमा दिवंगत मुनाकी एकमात्र अभिभावक उनकी आमा अनिता पाण्डेको सहयोगार्थ रकम संकलन अभियानसमेत सुरु भएको छ । उक्त अभियान फन्डरेजिङ प्लेटफर्म गोफन्डमार्फत चलिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro