site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
४१ कारोबार दिनमा ४७ प्रतिशत बढेर ९ प्रतिशत घट्यो सेयर बजार

काठमाडौं । धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्नेहरू अहिले अत्तालिएका छन् । यसअघि, ०७८ भदौ २ गतेको उच्च विन्दु ३,१९८ लाई पार गर्ने विश्वासका साथ बसेका केही लगानीकर्ता अहिले दोधारमा छन् । केही दिनदेखि बजार दैनिक उच्च अंकले घट्ने र झिनो अंकले बढ्ने गरेको छ । 

कतिपयले अहिलेको बजार घटाइ ‘नाडा अटो सो’सँग जोडिएको कारण देखाएका छन् । हुन पनि ‘नाडा अटो सो’सुरु हुनुभन्दा केही दिन अघिदेखि बजारमा उतारचढाव देखिएको थियो । करिब दुई महिनाको अवधिमा ५० प्रतिशतसम्म नाफा आर्जन गरेपछि नयाँ गाडी किन्नका लागि सेयर बेच्न थालेको हुन सक्ने अनुमान सेयर विश्लेषकहरू पनि गर्न थालेका छन् । 

ठूलो परिमाणको लगानी सेयर बजारमा गर्नेले केही दिनमै उच्च प्रतिफल पाउन सफल भएका छन् । यही मौकामा नाफाबाट आफूले चाहेको गाडी खरिद गर्नतर्फ सेयर लगानीकर्ता लागेको हुन सक्ने सेयर विश्लेषक सुवाशचन्द्रढुंगाना बताउँछन् । अहिले बजारमा बिक्री चाप बढ्नुलाई ‘नाडा अटो सो’लाई एउटा कारणका रूपमा लिन सकिने उनको भनाइ छ । 

पछिल्लो ४१ करोबार दिनमा बजार ४७.३०८ प्रतिशतले बढेर ८.३७२ प्रतिशतले घटेको छ । नेप्से परिसूचक असार १६ गतेयता ३४ कारोबार दिनमा ,०३७.०९ विन्दुबाट ३,०००.८१विन्दुसम्म पुगेको थियो । उक्त अवधिमा बजार ९६३.७२अंकले उकालो लागेको थियो । तर, साउन ३१ गतेपछि बजार ,०००.८१ विन्दुबाट घटेर भदौ १३ गतेसम्म ,७४९.५७ विन्दुमा झरेको छ ।

पछिल्ला सात कारोबार दिनमा बजार १८२.०८अंक घटेको छ । उक्त अवधिमा बजार ११ अंकले मात्र बढेको छ । बजार बढ्न थाल्दाको पहिलो सात कारोबार दिनमा ६ कारोबार दिनको अवधिमा ११९.६७अंकले बजार उकालो लागेको थियो भने एक कारोबार दिनमात्र ४.६२अंकले घटेको थियो ।

छोटो समयमा बजार उच्च विन्दुमा पुगेपछि लगानीकर्ताले नाफा बुक गरेको हुन सक्ने सेयर विश्लेषक ढुंगानाको भनाइ छ । अहिले सर्ट ट्रमका लगानीकर्ताका कारण बजारमा करेक्सन आएको उनी बताउँछन् । २,६३० विन्दुसम्मलाई उनले करेक्सन विन्दु मानेका छन् । २,८८० विन्दुमाथि बजार लाग्यो भने करेक्सन सकिएको मानिने उनको भनाइ छ ।

“अब बजार फर्केर २,९०० देखि २,९५० विन्दुसम्म गयो भने  त्यहाँभन्दा माथि जान सकेन र त्यहीँबाट निरन्तर करेक्सन भयो भने त्यो गिरावट चाहिँ ठूलो हुन्छ,” ढुंगानाले भने, “माथि जाँदा ३,०५० लाई ब्रेक नै गर्ने गरी जानुपर्‍यो । त्यो गर्‍यो भने ३,२०० विन्दुमाथि बजार टिक्न सक्छ ।”

पछिल्लो दिनमा कारोबार रकममा पनि कमी आएको छ । साउन ३१ गते हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको थियो । उक्त दिन २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको सेयर करोबार भएको थियो । त्यसपछिका दिनहरूका कारोबार रकम घट्दै आएको छ ।

बिहीबार कारोबार रकम घटेर १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँमा झरेको छ । कारोबार रकम एक्कासि बढेकाले पनि अहिलेको १२–१३ अर्ब कम जस्तो लागेको ढुंगाना बताउँछन् । तर, कारोबार रकम १० अर्बभन्दा कम दैनिक चार–पाँच दिन भयो भने चाहिँ बजारबाट पैसा निस्किएर अन्तै गायो भनेर बुझ्न सकिने उनको भनाइ छ । तर, बजार बढ्दै जाँदा कारोबार रकम पनि बढ्दै जाने उनको भनाइ छ । 

छोटो समयका लागि बजारमा लगानी गरेका व्यापारीहरूले पैसा झिक्दा पनि केही असर परेको कतिपयको बुझाइ छ । 

तर, बैंकहरूले ब्याजदर घटाएको र राष्ट्र बैंकले पनि बैंकहरूलाई ऋण बढाउन सहयोग पुग्ने निर्देशन दिएकाले बजार अहिले नै घटेर बियरिस ट्रेन्डमा नआउने विश्लेषण हुँदै आएको छ । 

नेकपा (एमाले)का अध्यक्ष केपी ओली शर्मा नेतृत्वको सरकार बनेपछि बजार ७६०.४० अंकले बजार उकालो लागेर २५१.२४ विन्दुले घटेको छ । ओली नेतृत्वको सरकार असार ३१ गते बनेको थियो । त्यसअघि बजार २२० अंक बढेको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro