site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कार्यसम्पादनमा प्रश्न उठाउँदै वायुसेवा निगमका अध्यक्षलाई पर्यटनमन्त्रीले सोधे स्पष्टीकरण
SkywellSkywell

काठमाडौं । सेवा नै अवरुद्ध हुने गरी एकैपटक दुईवटै वाइडबडी जहाज सी–चेकका लागि पठाएपछि सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।

सरकारको तर्फबाट पर्यटनमन्त्री बद्री पाण्डेले निगमका अध्यक्ष अधिकारीलाई सातदिने अल्टिमेटमसहित स्पष्टीकरण माग गरेका हुन् ।

निगममा नियमितरूपमा उस्तै प्रवृत्तिको लापरबाही भइरहेको बताउँदै मन्त्रालयले व्यावसायिक कार्यसम्पादनमा प्रश्च उठाएर पत्र प्राप्त भएको सात दिनभित्र कमजोरीका वस्तुगत आधार, कारण र प्रमाणसहित मन्त्रालयमा पेस गर्न भनेको छ ।

Dabur Nepal
NIC Asia

मन्त्रालयले निगम नेतृत्वले नेपालको उपस्थिति कायम राख्दै सुरक्षित, मर्यादित, प्रतिष्पर्धीमुनाफायोग्य बनाउनुपर्ने भए पनि अध्यक्षको लापरबाही, असक्षमता र कमी, कजोरीको कारण निगमको साख गुम्दै गएको भनेको छ ।

अध्यक्ष अधिकारीलाई मन्त्रालयले सोधका ११ प्रश्न :

१.निगमका जहाजहरूको मर्मत तथा सी–चेकको कार्य नियमित एवं पूर्वानुमानयोग्य कार्य भएको हुँदा सी–चेकमा पठाउँदा सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्था र सेवा निरन्तरताको सुनिश्चिता हुने गरी गर्नुपर्नेमा पर्याप्त समय अगाडि खरिद प्रक्रिया नसक्नुको कारण सी–चेकको समयावधि थप माग्ने तथा सेवा अवरुद्ध हुने गरीएकैपटक दुवैवटै वाइडवडी जहाज सी–चेकका लागि पठाइको सम्बन्धमा

२.जहाजको प्राविधिक परीक्षण, पार्टपूर्जा खरिद भवन मर्मत कार्य गराउँदा स्वच्छ प्रतिस्पर्धा, पारदर्शीता तथागुणस्तरीयताहुने गरी गर्नु/गराउनुपर्ने हुन्छ । नेपाल वायुसेवा निगमका हरेकजसो मर्मत सम्भार तथा पार्टपूर्जा खरिदमा व्यापक उजुरी/गुनासो आउने गरेका छन् । यसै सन्दर्भमा जहाजको सी–चेकको लागि छनौट गर्दा के कति कारणबाट समयमा नै कार्यसम्पन्न गर्न नसक्ने कम्पनीको छनोट गरिएको हो ? यसबाट निगमलाई पुग्न गएको अपुरणीय क्षतिको जिम्मेवारी तपाईंले किन वहन गर्नु नपर्ने हो ?

३. सी–चेक कार्यको लागि वायु सेवा निगमका प्राविधिक प्रतिनिधिहरू पठाउँदा आवश्यक भिसा अवधि बाँकी रहेको यकिन गरेर पठाउनुपर्ने सामान्य विषय हो । जहाजको सी–चेकको लागि भिसा अवधि सकिन लागेका प्राविधिक टोली पठाउनु र निजहरूलाई बीचमै फिर्ता बोलाई पुनः अर्को टोली पठाउनु भन्दा संस्थागत स्मरण, कार्यप्रगतिको जानकारी एवम् लागतको दृष्टिकोणले समेत निजहरूकै भिसा नवीकरण गरी निरन्तरता दिनु उपयुक्त हुनेमा त्यसो नगरी लापरवाही पूर्वक निगमलाई अतिरिक्तवित्तीय दायित्व सिर्जना हुने गरी टोली पठाउनु पर्नुको कारण ।

४. नियमित सी–चेक गराउनुपर्ने अवस्थाको जहाजलाई थप उडान समयावधि माग गराउनुपर्ने अवस्थासम्म पुर्‍याई राष्ट्रिय ध्वजावाहक निगमको नियमित र सुरक्षित उडान प्रतिको विश्वसनीयतामा गम्भीर आँच पुर्‍याउनुको कारण ।

५. नेपालमा पर्यटक आवागमनको प्रमुख समय तथा नेपालीहरूको महत्वपूर्ण चाडपर्वको सम्मुखमा जहाजहरू पूर्ण क्षमतामा सञ्चालन हुने तथा व्यावसायिक मुनाफा समेत प्राप्त हुने हुँदा रणनीतिक योजना एवम् कार्यतालिका बनाई पूर्व तयारीका साथ कार्य गर्नुपर्नेमा सो नगरी जहाजहरू ग्राउन्डगर्दा निगमलाई पुग्न गएको अपुरणीय वित्तीय घाटा एवं निगमको साँखमा पर्न गएको क्षतिको सम्बन्धमा ।

६. समयवद्ध उडान नगरे बापत निगमलाई विभिन्न समयमा विभिन्न देशमा जरिवाना समेत भएको विषयमा हालसम्म कति पटक कति जरिवाना भएको छ ? सोको विवरण र त्यसको कारण ।

७. गत वर्ष निगमको दुबई स्टेसनका कर्मचारीले बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ह्याकरबाट ई–मेलमार्फत आएको विवरणअनुसार रकम भुक्तानी गरिदिँदा निगमले ठूलो मात्रामा (करिव २ करोड) नोक्सानी व्यहोर्नुपरेको भन्ने विषयमा ।

८. निगमको चल–अचल सम्पत्तिको यकिन गरी संरक्षण गर्ने कार्यमा कुशल व्यवस्थापन गर्न नसक्नुको कारण ।

९. निगमलाई व्यावसायिकरूपमा सञ्चालन गरी नाफामा लैजानुपर्नेमा सो नगरी निगमले लिएको ऋणको साँवा व्याज समेत तिर्न नसकी हाल निगमको ऋण वि.सं. २०८० चैत्र मसान्त सम्ममा करिब  ५१ अर्ब २६ करोड पुगेको र समयमै सावा व्याज भुक्तानी नहुँदा निगमलाई थप वित्तीय दायित्व सिर्जना हुनुमा तपाईंको जिम्मेवारी सम्बन्धमा ।

१०. नेपाल वायुसेवा निगमले अस्ट्रेलियाको सिड्नीमा व्यावसायिक उडानको लागि समेत प्राप्त नगर्दै कर्मचारीहरू खटाई वित्तीय व्याय भार वृद्धि गरिनुमा तापाईको जिम्मेवारी सम्बन्धमा ।

११. ट्विनअटर जहाजहरू नियमित उडान सञ्चालनमा नल्याई निगमको आन्तरिक बजारहिस्सा अत्यन्त न्यून (०.३ प्रतिशत) बनाई निगमको साख गिराउनुको कारण ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu