site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ज्येष्ठ नागरिकको सम्मानार्थ तिजको दर कार्यक्रम

काठमाडौँ । मीनभवनमा रहेको निःसहाय सेवा सदनमा तिजको गीत बज्न थालेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकहरू कोही फुरफुर गर्न र कोही टोल्हाउन थाले । सधैँ जस्तै बिहानको खाना खाने समय उनीहरूका लागि अन्य दिनभन्दा फरक रहेको थियो । किनभने हालै मात्र हरितालिका तिज पर्वलाई ध्यानमा राखेर सार्वजनिक गरिएको ‘यसपालिको तिज रमाइलो’ गीत बजिरहेको थियो ।

गीतकार निर्मलराज पौडेलले यसपटकको तिजलाई भिन्न ढंगले मनाउने सन्दर्भमा बुधबार उक्त सेवा सदनका ज्येष्ठ नागरिकहरूसँग तिज मनाएका छन् । त्यस अवसरमा पौडेलले ज्येष्ठ नागरिकलाई आफू र गायिका शान्तिश्री परियारको स्वरबद्ध तिज गीत सुनाउँदै दरमा सामेल भएका थिए । ‘चेलीबेटी ज्यान माया माइतमै हाँसेर, तीज आयो ज्यान माया छमछमी नाचेर’ बोलको गीत सुनेर ज्येष्ठ नागरिकहरूको मुहारमा खुसी छचल्किएको थियो ।

Dabur Nepal
NIC Asia

त्यस अवसरमा काठमाडौं महानगर–३१ का वडाध्यक्ष सरोज ढकालले पनि ज्येष्ठ नागरिकहरूका लागि वडाले सक्दो सहयोग गरिरहेको बताए । उनले भने, “निःसहाय सेवा सदनले ज्येष्ठ नागरिकहरूलाई आफ्ना परिवारको अभाव हुन दिइरहेको छैन, यो ज्यादै खुसीको कुरा हो र यहाँको व्यवस्थापन निकै लोभलाग्दो छ ।”

सेवा सदनका सह–प्रशासकीय अधिकृत योगेश अधिकारीका अनुसार सदनमा ६५ देखि १०० वर्षसम्मका ३९ जना ज्येष्ठ नागरिक छन् । अधिकारीले भने, “यो अवस्थामा उहाँहरूलाई सबैभन्दा खड्किने कुरा भनेकै परिवार रहेछ । हामीले सक्दो गरिरहेका हुन्छौँ तर पनि नौलो मान्छे र केटाकेटी देख्नेबित्तिकै टोल्हाउने गर्नुहुन्छ । आँखाबाट बरर आँसु झार्नुहुन्छ ।”

गीतकार पौडेलको शब्द र चर्चित गायिका शान्तिश्री परियार र संगीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तिज रमाइलो’ नामक गीत केही समयअघि सार्वजनिक भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro