site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नाडामा सीजी मोटर्सको विशेष अफर : अवतार गाडीमा १० लाख छुट, आयोन ईभी किन्दा स्कुटर

काठमाडौं । काठमाडौंको भृकुटीमण्डमा चलिरहेको नाडा अटो शोमा सीजी मोटर्सले बिक्री वितरण गरिरहेका विभिन्न ब्रान्डका गाडी प्रदर्शनीमा राखेको छ । सीजीले बिक्री गरिरहेका विद्युतीय सवारी (ईभी) ब्रान्डहरूमा विशेष छुट एवं अन्य अफरहरू उपलब्ध गराइरहेको छ ।

जसअन्तर्गत सीजीले अवतार आईआई ईभीको खरिदमा १० लाख रुपैयाँ छुट दिइरहेको छ । अवतार ईभीको मूल्य एक करोड ४५ लाख रुपैयाँ रहेकोमा कम्पनीले त्यसमा १० लाख छुटसहित एक करोड ३५ लाखमा खरिद गर्न सकिने बताएको छ । यस्तै, एक वर्षको इन्स्योरेन्स, स्पेयर्स, टायरलगायत उपलब्ध गराइरहेको सीजी मोटर्सले जनाएको छ ।

सीजीको आयोन वाई ईभी खरिदमा कम्पनीले हिरोको जुम इलेक्ट्रिक स्कुटर उपहार दिइरहेको बताएको छ । यो गाडीको मूल्य ५८ लाख ५० हजार रुपैयाँ छ ।

सीजीले ६४ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको ईभी पिकअप रिड्डाराको खरिदमा दुई लाख छुट दिइरहेको छ । यसबाहेक नेटा र एक्स–पेङ ब्रान्डका ईभी खरिदमा पनि विशेष छुटसहितको मूल्य नाडा अटो शो अवधिभरका लागि लागु रहेको कम्पनीले जनाएको छ । शोमा प्रदर्शनमा राखिएको एक्सपेङ जी६ को मूल्य ८४ लाख ९९ हजार रुपैयाँ छ ।

तीन भेरियन्ट रहेको नेटा एक्सको नेटा एक्स ४०० कम्फर्टको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ छ । नेटा एक्स ५०० कम्फर्टको मूल्य ५७ लाख ९९ हजार र नेटा एक्स ५०० लक्जरीको मूल्य ६२ लाख ९९ हजार रुपैयाँ छ । 

nada-1724846685.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro