site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
'पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनको तयारीमा छौँ'

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सकेको अवस्थामा लाखौँ पर्यटक भित्र्याउन सकिने बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालकहरूसँगको छलफलमा मन्त्री पाण्डे उक्त कुरा बताएका हुन् ।

“देश आर्थिक लगायतका जटिलतामा गुज्रिइरहेको छ । यो संकटको अवस्था हुँदाहुँदै पनि सरकारले विभिन्न प्योकज ल्याएर पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न खोजेको छ,” उनले भने, “देशको जटिलतालाई बुझेर सरकारले गरेको निर्णय कम आक्नु हुँदैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री पाण्डेले दुईवटै विमानस्थल सञ्चालनका लागि नीतिगत, व्यावसायिक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको बताए । उनले पोखरा पर्यटकीय राजधानी भएको उल्लेख गर्दै चीन, भारत लगायतका मुलुकबाट पोखरा र भैरहवामा पर्यटकहरू भित्र्याउन सकेको अवस्थामा राज्यले लाखौँ राजस्व भित्र्याउन सक्ने बताए ।

उनले सरकारले ल्याएको प्याकेजमा दुई वर्षपछि के होला ? भन्ने विषयमा चिन्ता नलिन समेत अन्तर्राष्ट्रिय विमान कम्पनीहरूसँग विश्वास दिलाए । मन्त्री पाण्डेले रुटका विषयमा सरकार चीन भारतसँग कूटनैतिक रूपमा अघि बढिसकेको समेत बताए ।छलफलमा जजिरा, सिंगापुर एयरलाइन्स लगायतका दर्जन बढी वायु सेवा सञ्चालकहरूको उपस्थिति थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्