site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दुईतिहाइको सरकारमाथि ठूलो घण्टी बजिसकेको छ : रवि लामिछाने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दलहरू सच्चिनुको विकल्प नरहेको बताएका छन् । 

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले राजनीतिक दल र नेताहरूप्रति जनताको आक्रोश देखिन थालेको भन्दै सच्चिनुको विकल्प नरहेको उल्लेख गरे । 

"आमनागरिकहरूले राजनीतिक दलहरूलाई चासोका साथ हेर्न थालेका छन्, हस्तक्षेप सुरु गरिसकेको आभाष सोमबारको टुँडिखेल घटनाबाट देखिएको छ," उनले भने । 

लामिछानेले दुईतिहाइको सरकारमाथि ठूलो घण्टी बजिसकेको र अब नतिजामूखी काम गर्न सक्नुपर्ने धारणा राखे । रास्वपाले सदनबाट जनचासोका विषयलाई थप प्रभावकारी ढंगले उठाउने उल्लेख गरे । 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro