site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्र चलायमान हुँदै गएको अर्थमन्त्री पाैडेलको दाबी 

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको बताएका छन् । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो २०२४ को उद्घाटन गर्दै मन्त्री पाडैलले वर्तमान सरकारले गरेको सहज नीतिगत व्यवस्थाका कारण अर्थतन्त्र चलायमान हुँदै गएको बताएका हुन् । 

नीतिग स्थिरता राजनीतिक स्थिरतासँग जोडिएको भन्दै अहिलेको सरकार स्थिर सरकार भएको उनले बताए । 

उनले व्यवसायीहरूको नीतिगत समस्यालाई समाधान गर्नेगरी सरकार अघि बढ्ने बताए । अब अटो उत्पादनतर्फ ध्यान केन्द्रित हुनुपर्ने र यसमा सरकारले साथ दिने उनको भनाइ छ । 

मन्त्री पौडेलले नेपालमा गुणस्तरीय उत्पादन गर्नसके विदेशी बजारमा पनि नेपालको उत्पादनले स्थान लिनसक्ने जिकिर गरे । 

अर्थमन्त्री पौडेलले विद्युतीय सवारीसाधानका साथै अर्थतन्त्रका सवै क्षेत्रमा अध्ययन र अनुसन्धान गरे निष्कर्षमा पुग्ने र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने बताए । 

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटो मोवाइल्सलाई लक्जरीको रूपमा हेर्दा केही सीमा र संकुचन देखिएको भन्दै यसलाई राज्यले ध्यान दिएर सहजीकरण गर्नुपर्ने बताए । अटो मोवाइल्सलाई प्राथमिकतामा राख्न सके करमा समेत बृद्धि हुने उनको भनाइ छ । 

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले हरेक वर्ष बृहत् अटो शो गर्दै आएको छ । यसपटकको अटो शो भदौ १६ गतेसम्म आयोजना हुने बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro