site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लाका नदीमा आज बहाव उल्लेख्य बढ्ने
काठमाडौंको धोबीखोलाको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही ठूलासाना नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन संखुवासभा, मकवानपुर, पर्सा, चितवन, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, लमजुङ र कास्की भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ । यी जिल्लाका केही नदीमा महाशाखाले आकस्मिक बहावको जोखिमको पूर्वानुमान गरेको छ ।

Argakhachi Cement Island Ad

इलाम, झापा, सोलुखुम्बु, सिन्धुली, धादिङ, रसुवा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, बारा, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, मुगु, दैलेख, सुर्खेत, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बझाङ, बैतडी, दार्चुला, डडेलधुरा र डोटी भई बहने केही साना नदीमा पनि बहाव बढ्ने अनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने महाशाखाको अनुमान छ ।

j1-1724729419.jpeg

j2-1724729419.jpeg

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्