site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्नुकर हाउसको सोफामा अचेत फेला परेका थिए रुपक
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको शंखमूलस्थित वाग्मती कोरिडोरस्थित सुकुम्बासी बस्तीका रुपक बान्तवाको मृत्युबारे प्रहरीले अनुसन्धान थालेको छ ।

लक्ष्मी बान्तवाको घरको भुइँतल्लामा रुपकले ‘द टायम पास स्नुकर’ एन्ड खाजा घर सञ्चालन गर्दै आएका थिए । 

गएराति ४० वर्षीया बान्तवा आफ्नै स्नुकर हाउसको सोफामा अचेत फेला परेका थिए । उनलाई उपचारका लागि सिभिल अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेको हो ।

मृतक बान्तवाको शरीरका विभिन्न ठाउँमा चोटपटक लागेका कारण हत्या गरेको आशंका गरिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

स्नुकर खेल्ने समूहबाट नै उनको हत्या भएको आंशका प्रहरीको छ । हत्याकै आशंकापछि उपत्यका प्रहरी कार्यालयको टोलीले समेत अनुसन्धान थालेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro