site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बस दुर्घटनाबारे भारतीय राज्यमन्त्रीले लिइन् जानकारी 

काठमाडौं । भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले तनहुँको ऐनापहरामा शुक्रबार भएको भारतीय यात्रुवाहक बस दुर्घटनाका विषयमा जानकारी लिएकी छन् । शनिबार नेपाल आएकी राज्यमन्त्री खड्सेले गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकसहित सुरक्षा अधिकारीसँग छलफल गर्दै दुर्घटनाका बारेमा जानकारी लिएकी हुन् ।

नेपाल आएलगत्तै महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर उनले घाइेतको स्वास्थ्य अस्थाबारे जानकारी लिएकी थिइन् । राज्यमन्त्री खड्सेले दुर्घटनापछिको उद्धारका काममा सन्तुष्टि व्यक्त गरेको गृहमन्त्री लेखकले जानकारी दिए ।

घाइतको उपचार पनि निकै राम्रोसँग भइरहेको भन्दै उनले सरकारलाई धन्यवाद दिएको लेखकले बताए । दुर्घटनामा मृत्यु भएकाहरूको शव प्रक्रिया पुर्‍याएर भारत लैजाने उनले उल्लेख गरे ।

शुक्रबार पोखराबाट काठमाडौंतर्फ आइरहको यूपी ५३ एफटी ७६२३ नम्बरको  बस सडकबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्रिवि शिक्षण अस्पतालमा घाइते १६ जनाको उपचार भइरहेको छ । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro