site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्पले चिरा परेको घर भत्कँदा २२ बाख्रा मरे
रुकुम पश्चिमको पेदीगाउँको दृश्य । फाइल तस्बिर : रासस ।

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१०, बयाल्यामा बरुण धितालको घर भत्कँदा २२ बाख्रा मरेका छन् । गए राति धितालको घर भत्कँदा २२ बाख्रा पुरिएर मरेका हुन् । त्यहाँका तीन बाख्रा भने घाइते अवस्थामा रहेका वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार, गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले घर चिराचिरा परेको थियो । सोही घर भत्कँदा बाख्रा मरेका हुन् । घरमा रहेका अन्तपात र भाँडावर्तनमा पनि क्षति पुगेको वडाध्यक्ष चन्दले जानकारी दिए ।

घरपरिवार अस्थायी आवास (टहरो)मा बसेकाले मानवीय क्षति भएको छैन । अरू क्षतिको विवरण संकलन भइरहेको वडाध्यक्ष चन्दले जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro