site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अन्तर्राष्ट्रिय फुटबलबाट नेयुरले लिए सन्न्यास 

काठमाडौं । जर्मन लेजेन्ड म्यानुअल नेयुरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । नेयुरले युरो–२०२४ मा जर्मनीबाट अन्तिमपटक प्रतिस्पर्धा गरेका थिए । 

उनले जर्मनीबाट १२४ खेलपछि सन्न्यासको निर्णय लिएका हुन् । युरो–२०२४ पछि जर्मनीको टिमबाट सन्न्यास लिने नेयुर चौथो खेलाडी हुन् । 

Dabur Nepal
NIC Asia

यसअघि युरोपियन च्याम्पियनसिपपछि इल्कार गुन्डोगान, थोमस मुलर र टोनी क्रुसले सन्न्यासको घोषणा गरेका थिए । युरोमा जर्मनीले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । तर, अन्तिम–८ को खेलमा स्पेनसँग पराजित भएपछि जर्मनीको यात्रा टुंगिएको थियो । 

“मलाई बुझ्नेहरुलाई थाहा छ, मेरो लागि यो सहज निर्णय थिएन । सन् २०२३ सम्म राष्ट्रिय टिमको कप्तानी सम्हाल्न पाउँनु मेरो लागि सम्मानको कुरा हो,” सन्न्यास घोषणा गर्दै नेयुरले लेखेका छन् । जर्मनीले सन् २०१४ मा फिफा विश्वकपको उपाधि जित्दा नेयुर प्रतियोगिताकै उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro