site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लामा आज बाढीको ‘उच्च जोखिम’
नारायणी नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका धेरै नदी तथा खोलामा आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा ‘अति उच्च’ सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

हाल नारायणी र यसको सहायक कालीगण्डकी, तिनाउ, वाणगंगालगायत आसपासका नदीहरूको जलसतह सतर्कता तह आसपास छ । ती नदीको जलसतह बढ्दो हुने महाशाखाको पूर्वानुमान छ ।

यस दिन चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, रुपन्देही र आसपास भई बहने अधिकांश साना नदीमा बहाव उल्लेख्य बढ्नेछ । यी जिल्लाका केही नदीमा आकस्मिक बहावको उच्च जोखिमको पूर्वानुमान छ ।

Argakhachi Cement Island Ad

यस्तै, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, बारा, पर्सा, मकवानपुर, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्यादी, स्याङ्जा, तनहुँ, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर भई बहने अधिकांश साना नदीमा बहाव उल्लेख्य बढ्नेछ । यी जिल्लाका केही नदीमा आकस्मिक बहावको मध्यम जोखिमको पूर्वानुमान छ ।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, उदयपुर, सिन्धुली, काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा, दैलेख, अछाम र बाजुरा भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

 

b1-1724125939.jpeg

b1-1724125939.jpeg

b2-1724125939.jpeg

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०९:३७
प्रतिक्रिया दिनुहोस्