site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक वर्षमा १४ खर्ब ४५ अर्ब रेमिट्यान्स भित्रियो, सात लाख ४१ हजार जना वैदेशिक रोजगारीमा गए
Tiktok banner adTiktok banner ad

काठमाडौं । गएको आर्थिक वर्ष २०८०/८१ मा करिब साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । उक्त अवधिमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यो विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा भने रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो ।

गएको एक वर्षको अवधिमा वैदेशिक रोजगारीका निम्ति अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या चार लाख ६० हजार १०३ छ । पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८१ हजार १९९ छ ।

नयाँ र पुराना गरी एक वर्षमा करिब सात लाख ४१ हजार नेपाली वैदेशिक रोजगारीमा आबद्ध रहेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या क्रमशः चार लाख ९७ हजार ७०४ र दुई लाख ७७ हजार २७२ थियो ।

गत वर्ष खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro