site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोर्चुगलमा ३८ सय २९ नेपालीको राहदानी नवीकरण  

काठमाडौं । फ्रान्सस्थित नेपाली दूतावासले पोर्चुगलमा सञ्चालन गरेको राहदानी नवीकरण घुम्ती सेवामा तीन हजार ८२९ जनाले सेवा लिएका छन् । पोर्चुगलको राजधानी लिस्वनमा अगष्ट २ देखि १३ सम्म राहदानी घुम्ती सेवा सञ्चालन गरिएको थियो । 

“घुम्ती सेवाबाट तीन हजार ८२९ नेपालीले आफ्नो राहदानी नवीकरणको सेवा लिनु भएको छ, जसमा १२१ जना नाबालक, तीन हजार ३८० नवीकरण र हराएका ३२८ जना रहेका छन्,” फ्रान्सस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासका अनुसार राहदानी सेवा सञ्चालनबाट चार लाख ९१ हजार ५८० यूरो (सात करोड २० लाख ११ हजार ५५४ रुपैयाँ) राजस्व संकलन भएको छ ।

घुम्ती सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली दूतावास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारी सहभागी भएका थिए ।

घुम्ती सेवाको व्यवस्थापन गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो । पोर्चुगलस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरूले आ–आफ्नो स्थानबाट विभिन्न भूमिकामा सहयोग गरेको दूतावासले जनाएको छ । पोर्चुगलमा हाल ५० हजार भन्दा बढी नेपाली रहेका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro