site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेलम्ची र इन्द्रावतीमा बाढीको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका विभिन्न भागमा गएराति वर्षा भएको छ । सिन्धुपाल्चोक, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहालगायत विभिन्न स्थानमा वर्षा भएको छ । 

सिन्धुपाल्चोकको मानेखर्क, ढुंगे, तार्के घ्याङ, भोटाङ, बोल्डे, गोब्रेलगायत आसपासका वर्षामापन केन्द्रमा सामान्यदेखि मध्यम वर्षा मापन भएको छ । 

जल तथा मौसम विज्ञान विभागले थप वर्षा हुनसक्ने सम्भावना रहेकाले मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको बताएको छ । कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ । 

मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहालगायत मधेस  र कोसी प्रदेशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ । 

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने स–साना नदीहरूमा जलसतह बढ्नसक्ने भएकोले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro