site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भदौ लागेपछि कोसी सरकार विस्तार : मुख्यमन्त्री
मुख्यमन्त्री हिक्मत कार्की । फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले भदौ महिना लागेपछि मात्र मन्त्रिपरिषद् विस्तार गरिने बताएका छन् ।

आइतबार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले भने, “नेपाली कांग्रेसले सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री टुंगो लगाएपछि सरकार विस्तार हुन्छ ।”

Argakhachi Cement Island Ad

उनले कोसी सरकारको अधिकतम मन्त्रालय संख्या ११ रहने बताए । तत्काल मन्त्रालय संख्या नबढाउने उनले सुनाए । कोसीमा हाल नौ मन्त्रालय छन्  । नेकपा (एमाले)ले पाँच र नेपाली कांग्रेसले चार मन्त्रालय लिने सहमति भएको उनले जानकारी गराए ।

प्रदेशसभा बैठक नियमित हुने भन्दै उनले आउँदो दसैँसम्म संशोधनसहित सात विधेयक पारित गर्ने लक्ष्य रहेको बताए । उनले भने, “संसद् चल्छ ।  सातवटाजति कानुन निर्माण गर्ने लक्ष्य छ । अब सरकारले बिजनेस दिन्छ ।”

मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन, पर्यटन वर्ष र चिया सम्मेलन सरकारको प्राथमिकतामा रहेको बताए ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्