site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘सक्किगोनि’का कलाकार आचार्यसहित तास खेलिरहेका ११ जना पक्राउ
कलाकार पुरुषोत्तम आचार्य । हास्यटेलिशृंखला ‘सक्किगोनि’को भिडियोबाट लिइएको स्क्रिनसट ।

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्य समेत छन् । ‘सक्किगोनि’मा उनी प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदै आएका छन् । उनी नेपाल प्रहरीका पूर्वइन्स्पेक्टर भएको स्रोतले जानकारी गराएको छ ।

काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार, काभ्रेको बनेपा नगरपालिका–१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेका थिए । राजुसहित ११ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको थियो । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro