site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जसपा नेपालको केन्द्रीय समितिको बैठक आइतबारदेखि
उपेन्द्र यादव । फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको नवगठित केन्द्रीय समितिको बैठक आइतबार (भोलि)देखि सुरु हुँदै छ । आउँदो साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको संगठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार, वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल गरिनेछ ।

Dabur Nepal
NIC Asia

बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल गरिने जसपा नेपालले जनाएको छ । वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध बैठकको कार्यसूची छ ।

यस्तै, पहिचान र राष्ट्रिय/जातीय मुक्तिको सबाल, समाजवादसम्बन्धी अवधारणा, जसपा नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारणा तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल गरिनेछ । स्थानीय तह, प्रदेशसभा र संसद्‌मा पार्टीको भूमिका, पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा पनि छलफल गरिने जनाइएको छ ।

देशव्यापी रूपमा जनपरिचालन अभियान (सदस्यता वितरण, संगठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रमहरू) सम्बन्धमा कार्ययोजना तथा कार्यक्रम निर्माणलगायत विषयमा बैठकमा विचारविमर्श गरिने अध्यक्ष यादवले बताए ।

बैठकबाट अभियानसम्बन्धी कार्यक्रम सम्पन्न गर्न समयावधि निर्धारण गरिने र केन्द्रीय सदस्यहरूलाई जिल्ला/महानगर/नगरलगायत स्थानीय तहहरूको अभियन्ताका रूपमा जिम्मेवारी दिइने जनाइएको छ । केन्द्रीय समितिको बैठक ललितपुरको सानागाउँस्थित थसी ब्यांक्वेटमा बस्नेछ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  २०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro