site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यो सरकार ढाल्न कुनै समस्या छैन : पुन 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको वर्तमान गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक भेलामा उनले सरकार लामो समय नचल्ने जिकिर गरे ।

सरकारमा भएर पनि कांग्रेस–एमालेपंक्तिको मनोबल खस्किएको उनले उल्लेख गरे । दुवै दलका नेताले आफूहरूसँगको अनौपचारिक कुराकानीमा सरकार हनिमुन अवधि (१०० दिन) कटाउन मुस्किल रहेको बताउन थालेको उनको भनाइ थियो ।

आफूहरूको प्राथमिकतामा सरकार नरहेको उनले बताए । तर, चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको उनले जिकिर गरे ।

Dabur Nepal
NIC Asia

“कांग्रेस–एमालेकै नेताहरूले हामीलाई सरकारले हनिमुन पिरियड कटाउँछ कि कटाउँदैन भन्न थालेका छन् । संसद्मा र बाहिर पनि एमाले–कांग्रेस दुवै हामीसँग नरम व्यवहार गरिरहेका छन्,” पुनले भने, “किनभने, संसद्को अंकगणितका कारण कुनै पनि बेला माओवादी हामीलाई चाहिन्छ भन्ने उनीहरूले बुझेका छन् । सरकारका लागि हामीलाई कुनै हतारो छैन । कुनै अप्ठेरो पनि छैन । चाह्यौँ भने हामी छिट्टै सरकारमा जान सक्छौँ । अहिलेको गणित कसैले बदल्न सक्दैन ।”

नयाँ सरकार बनेपछि कांग्रेस–एमालेमा आन्तरिक किचलो बढेको उनको बुझाइ छ । एमालेले लुम्बिनी प्रदेशमा दलका नेताबाहेकका व्यक्तिलाई मुख्यमन्त्री बनाएको, त्यसपछि दलका नेताले राजीनामा दिएको, नेकपाकालमा केपी ओलीविरुद्धको संघर्षमा माधव नेपाललाई साथ दिएका नेताहरूलाई पाखा लगाइएको र कांग्रेस–एमाले दुवै दलले केही गरौँ भन्ने भावना भएकालाई रोकेर विवादित पृष्ठभूमिका र राज्य दोहनमा संलग्नहरूलाई मन्त्री बनाएका कारण असन्तुष्टि चुलिएको उनको भनाइ थियो ।

कांगेसका दुवै महामन्त्रीले एमालेसँग गठबन्धन गर्नुको अर्थ उसका कमजोरीको भारी बोक्ने होइन भन्दै गिरिबन्धु टी–इस्टेट प्रकरणको छानबिन हुनुपर्ने अडान लिनुले ओली सरकारको जग हल्लिन थालेको तर्क पुनले गरे ।

भ्रष्टाचार, तस्करी, अनियमितता, राज्यदोहनविरुद्ध र सुशासनका पक्षमा उभिएका कारण आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालिएको पनि उनले जिकिर गरे ।

“भुटानी शरणार्थी प्रकरणमा सँगै सरकारमा भएका दलका नेता जेल जाने अवस्था बन्यो । सत्तारूढ पार्टीका समर्थकसम्मलाई पनि कानुनले छुँदैन थियो । तर, वरिष्ठ नेताहरूसम्म पनि जेल जाने परिस्थिति बन्यो । आफूलाई कानुनभन्दा माथि ठान्नेहरू पनि प्रहरीमा बयान दिन जानुपर्ने अवस्था आयो । नेपालमा योभन्दा पहिले यस्तो भएको थिएन,” उनले भने ।

पुनले गिरिबन्धु टी–इस्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, सरकारी जग्गा हिनामिना र सतहमा आएका राज्यदोहनका विभिन्न घटनामाथि छानबिन नगरिए सरकारविरुद्ध जनप्रतिरोध हुने चेतावनी दिए । त्यसको नेतृत्व माओवादीले गर्ने उनको भनाइ थियो ।

“बिचौलियाले बनाइदिएको यो सरकारले भ्रष्टाचार र राज्यदोहनका घटनाबारे छानबिन अगाडि बढाएन भने ठूलो जनप्रतिरोध हुनेवाला छ,” उनले भने, “हामीले होइन, अहिले जनताले नै भनिरहेको छ कि गिरिबन्धु टी–इस्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरण, पुराना भ्रष्टाचार र राज्यदोहनका फाइल खुल्दै जान थालेपछि बिचौलियाले यो सरकार बनाइदियो ।” उनले आफ्नो दलले कांग्रेस–एमाले संलग्न भ्रष्टाचार प्रकरणबारे संसद्बाट भन्डाफोर गर्ने बताए ।

एक वर्षमा न्यूनतम शुल्क तिर्न नसक्ने एक लाख ८० हजार घरेलु ग्राहकको ६० दिनपछि विद्युत् काट्ने गरिएको उनले उल्लेख गरे । डेडिकेटेड र ट्रंकलाइनको विद्युत् उपयोग गरेर आठ अर्ब तिर्दिनँ भन्ने व्यवसायीको संरक्षण प्रधानमन्त्री र ऊर्जामन्त्रीले गरिरहेबाटै यो सरकार कसको भन्ने पुष्टि हुने उनले बताए ।

उनले महसुल तिर्नुपर्छ भन्दा नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई निकालिएको र कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाहीको धम्की दिने गरिएकामा आपत्ति जनाए । “सरकार बनाउने र ढाल्ने काममा लागेका एकजना बिचौलियाले दुई अर्ब तिर्नु छ, प्रधानमन्त्री र ऊर्जामन्त्री तिर्नु पर्दैन भनेर हिँडेका छन् । बिचौलियाको संरक्षक भएर प्राधिकरणका सञ्चालकहरूलाई निकाल्छन् । कुलमान घिसिङमाथि छानबिन गर्ने धम्की दिइरहेका छन्,” उनले भने । 

संविधानको व्यवस्था उल्ट्याउने कांग्रेस–एमालेको प्रयास सफल हुन नदिइने पनि उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro