site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विमतिका विषयवस्तुलाई तिलाञ्जली दिए दुर्घटना हुन्छ : महामन्त्री शर्मा

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयमा चुप लागेर बस्न नसकिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेकपा (एमाले)सँगका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने उनले उल्लेख गरे । सोही कारण आफूले विमतिका विषय बाहिर ल्याउने गरेको उनले स्पष्ट पारे । कांग्रेस र एमालेबीच विमतिका विषय थाती राखेर अघि बढ्न वर्तमान गठबन्धन नबनेको उनको भनाइ थियो ।

महामन्त्री शर्माले सत्तासाझेदार दलहरूबीच विमतिका कैयौँ विषय रहेको बताए । कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्ने हुनै नसक्ने उनले टिप्पणी गरे । उनले सरकारको भविष्य काम र संयमतामा निहित रहने बताए ।

सरकारले मुलुकलाई तत्काल मुनाफा दिने खालका आयोजनाको कामलाई अघि बढाउन जोड दिनुपर्ने उनले औँल्याए । मुलुकलाई ऋणको भार बढाउने खालका आयोजनाको काम प्राथमिकतामा राख्न नहुने उनले सरकारलाई सुझाव दिए ।

कार्यक्रममा विश्वप्रकाश शर्माको भनाइ पढ्नोस्–
अहिले पनि के बिर्सनु हुँदैन भने कांग्रेस र एमालेका बीचमा भएका विमतिका विषयवस्तुहरूलाई हामीले तिलाञ्जली दियौँ, हामीले जबरजस्ती छोप्न खोज्यौँ भने दुर्घटना हुन्छ । हामीले गर्ने के हो भने यसलाई सहजतापूर्वक लिने हो । एमालेको हामीसँगका विमतिलाई हामीले बुझ्नुपर्छ । एमाले हामीसँग कैयौँ कुरामा असहमत छ । राजनीतिमा यस्तो हुन्छ नि त । नेकपा (एमाले)का सबै दृष्टिकोणसँग सहमत भयौँ हामी भने, हाम्रो दृष्टिकोणसँग एमाले सहमत भयो भने त पार्टी एउटा हुने हो नि त । पार्टी नै हामी फरक हो नि त । विचार नै फरक हो नि त । पृष्ठभूमि नै फरक हो नि त । सोचाइ, शैली, संगठन सबै कुरा फरक हो नि त । फरक चिज मिल्दै गर्दाखेरि चुप चुप भत्किन्छ, केही बोल्यो भने केपी कमरेडलाई फिल होला भनेर कांग्रेसले सोच्न थाल्ने, एमालेका केही बोल्दाखेरि शेरबहादुर देउवा, हाम्रो पार्टी सभापतिलाई फिल होला भनेर एमाले चुप लाग्न थाल्ने, हामीले चुप लाग्नाका लागि यो गठबन्धन बनाएको होइन । यो गठबन्धन बनाउँदै गर्दाखेरि विमतिको बीचमा सहमति गरेर गएका छौँ । जति विमतिका विषयहरू छन्, त्यसलाई कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्ने बिल्कुलै होइन । त्यसकारणले गर्दाखेरि सरकारको गतिविधिमा, काममा, संयममा यो सरकारको भविष्य निश्चित छ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro