site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानसेनापतिको कार्यभार बुझबुझारथ

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबारबाट कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी पाउने बलाधिकृत रथी अशोकराज सिग्देललाई प्रधानसेनापतिको कार्यभार बुझबुझारथ गरेका छन् । 

प्रधानसेनापति शर्मा शुक्रबारबाट बिदामा बस्ने भएपछि बिहीबार बुझबुझारथ गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

नेपाली सेनामा प्रधानसेनापतिले अवकाश पाउनु एक महिनाअघिबाट बिदा बस्ने अभ्यास रहीआएको छ । प्रधानसेनापति शर्माले आगामी भदौ २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अनिवार्य अवकाश प्राप्त गर्दै छन् । सहायक सेनानी दर्जामा नेपाली सेनामा प्रवेश गरेका प्रधानसेनापति शर्माले करिब ४१ वर्ष सेनामा बिताएका छन् । 

बुझबुझारथ कार्यक्रममा प्रधानसेनापति शर्माले सेनाको सबै तह र तप्काहरूलाई राम्रोसँग बुझेको, नीति नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक एवम् उत्कृष्ट व्यावसायिक क्षमता भएका सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुसी व्यक्त गरेका थिए । 

प्रधानसेनापति शर्माले सिग्देललाई सफल कार्यकालका लागि शुभकामनासहित बधाई समेत दिएका थिए । 

कार्यक्रममा नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरू, रक्षा सचिवलगायत रथी, रक्षा मन्त्रालयका पदाधिकारी, अधिकृत, पदीक तथा सकलदर्जाको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro