site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनसुनजन्य विपद् : आज एकैदिन ११ जनाको मृत्यु, मृतकको संख्या १६५ पुग्यो

काठमाडौं । विपद्का घटनामा परी आज देशका विभिन्न जिल्लामा ११ जनाको मृत्युभएको छ । योसँगै अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‌मा परी हालसम्म १६५ जनाको मृत्यु भएको छ ।

आज बागलुङ र गुल्मीमा बढी मानवीय क्षति भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबाहादुर कार्कीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

बाढी, पहिरोलगायतका विपद्‌मा परी काठमाडौं उपत्यकामा तीन, कोसीमा २५, मधेस प्रदेशमा छ, वाग्मतीमा ३०, गण्डकीमा ५०, लुम्बिनीमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

विपद्‌मा परी आजसम्म १९८ जना घाइते भएका छन् भने १५१ जना बेपत्ता भएका छन् । प्रहरी प्रवक्ता कार्कीले आजमात्रै थप चार जना बेपत्ता भएका जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  २३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro