site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इटहरी उपमहानगरले किन्यो चारवटा विद्युतीय बस, असोजबाट सञ्चालनमा ल्याइने

काठमाडौं । इटहरी उपमहानगरपालिकाले चारवटा नगर बस सञ्चालनमा ल्याउने भएको छ । उपमहानगरले खरिद गरेका चारवटा विद्युतीय नगर बस इटहरी ल्याइएको छ ।

इटहरी नगरभरि सहज र सरलरूपमा यातायातको सेवा दिन विद्युतीय बस सञ्चालनमा ल्याउन लागिएको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

उनका अनुसार बस आगामी असोज १ गतेबाट सञ्चालनमा ल्याइने छ । चारवटा बसले इटहरीको चारवटै क्षेत्रलाई समेट्ने गरी सेवा दिने नगरप्रमुख पौडेलले बताए ।

बसमा जीपीएस, सीसी क्यामेरासहितका प्रविधि जडान गरिने छ ।

 

नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर काम भइरहेको छ । समितिले रुट निर्धारण गर्ने छ ।

उपमहानगरले गत फागुन ८ गते भएको सम्झौताअनुसार नेसनल फायर सेफ प्रालिबाट ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा बस खरिद गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro