site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशका सेना प्रमुखले भने– आज रातिसम्म संकटको समाधान खोज्छौँ
SkywellSkywell

काठमाडौं । बंगलादेशका सेना प्रमुख वाकर–उज–जमानले देशमा कर्फ्यु वा आपतकालीन अवस्थाको आवश्यकता नरहेको बताएका छन् । 

प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिँदै देश छोडेर भागेपछि सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै बंगलादेशका सेना प्रमुखले सेनालाई केही सयम दिन प्रदर्शनकारीसँग अनुरोध गरेका छन् । 

Dabur Nepal
NIC Asia

प्रदर्शनकारीहरू प्रधानमन्त्री शेख हसिनाको निवासमा प्रवेश गरेपछि उनी राजीनामा दिएर सैनिक हेलिकोप्टरमा सुरक्षित स्थानतर्फ भागेकी थिइन् ।

सोमबार सम्बोधन गर्ने क्रममा बंगलादेशका सेना प्रमुखले विद्यार्थी प्रदर्शनकारीहरूलाई “शान्त रहन र घर फर्कन” आग्रह गरेका थिए । 

सेनासँगको छलफलमा सबै प्रमुख राजनीतिक दलका प्रतिनिधि सहभागी रहेको उनले बताएका छन् । “आज राति (सोमबार) सम्म संकटको समाधान खोज्छौँ,” सेना प्रमुखले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu