site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सातवटै प्रदेशमा वर्षा, कोसी र वाग्मतीमा धेरै भारी वर्षा हुने 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा बिहानैबाट वर्षा सुरु भएको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी तराईका भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा छ । 
  
जल तथा मौसम विज्ञान विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

विभागले राति देशभर साधारणतया बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

कोसी र वाग्मती प्रदेशका एकदुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको विभागले बताएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro