site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी विदेशमन्त्रीले भने– भेनेजुएलामा विपक्षीले राष्ट्रपति पदमा जितेको प्रमाण छ
Tiktok banner adTiktok banner ad

वासिंटन । भेनेजुएलामा गएको आइतबार भएको राष्ट्रपतीय निर्वाचनमा आफूले जितेको भनेर निकोलस मादुरोले दाबी गरेका छन् । तर, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले भने पूर्वकूटनीतिज्ञ इडमुण्डो गोन्जालेज उरितियाले जितेको प्रमाणित गरेको दाबी गरेका छन्  ।

प्रमाणबाट अमेरिका उरुतियाले जितेको कुरामा प्रष्ट भएको अमेरिकी विदेशमन्त्रीले बताएका छन् । भेनेजुएलाका विभिन्न क्षेत्रबाट गरिएको पोलिङमा ८० प्रतिशतले विपक्षीको पक्षमा मत हालेको पाइएको जनाइएको छ ।

अमेरिकी विदेशमन्त्रीले उरुतियालाई उनको सफल क्याम्पेनका लागि बधाई दिँदै अब भेनेजुएलाको निर्वाचन कानुनअनुसार त्यहाँको पार्टीबीच सम्मानजनक र शान्तिपूर्ण हिसाबले छलफल हुनुपर्ने बताएका छन् ।

सो मतपरिणामको विरुद्धमा आन्दोलनमा उत्रिएका करिब एक हजार जनालाई मादुरो प्रशासनले अहिले थुनामा लिएको बताइएको छ । आन्दोलनकारीहरूमध्ये कम्तीमा ११ जनाको मृत्यु भएको विभिन्न मानवअधिकारवादी संस्थाले जनाएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro