site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युद्धमा गाजाका झन्डै दुईतिहाइ भवन क्षतिग्रस्त

जेनेभा । गाजापट्टीमा अक्टोबरमा युद्ध सुरु भएयता झन्डै दुईतिहाइ भवन क्षतिग्रस्त वा ध्वस्त भएको संयुक्त राष्ट्रसंघले बताएको छ ।

“गाजापट्टीमा एक लाख ५१ हजार २६५ संरचना प्रभावित भएको युनोस्याटको पछिल्लो स्याटेलाइट इमेजरीले देखाएको छ,” राष्ट्रसंघीय स्याटेलाइट सेन्टरले भनेको छ, “यसमध्ये ३० प्रतिशत ध्वस्त, १२ प्रतिशत गम्भीर क्षति, ३६ प्रतिशत मध्यम क्षति र २० प्रतिशत सम्भवतः क्षतिग्रस्त भएका छन् । यो यस क्षेत्रका कुल संरचनाको करिब ६३ प्रतिशत हो ।”

हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणले युद्ध सुरु भएको थियो । आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार १९७ व्यक्तिको मृत्यु भएको थियो ।

आक्रमणका क्रममा हमासका लडाकुहरूले २५१ बन्धकलाई पनि कब्जामा लिएका छन् । यसमध्ये १११ अझै पनि गाजामा बन्धक छन् र ३९ जना मारिएका छन् ।

हमासविरुद्ध इजरायलको प्रतिशोध अभियानमा गाजामा कम्तीमा ३९ हजार ४८० को मृत्यु भएको छ ।

युनोस्याटले गाजापट्टीमा द्वन्द्वबाट उत्पन्न कुल भग्नावेशषको मात्रा लगभग चार करोड १९ लाख ५० हजार मेट्रिक टन रहेको बताएको छ ।

सन् २००८ देखि प्यालेस्टिनी क्षेत्रमा भएका विगतका सबै द्वन्द्वको कुल तौलभन्दा १४ गुणा बढी भग्नावशेषको परिणाम यस द्वन्द्वले निम्त्याएको छ ।

एजेन्सीले गाजापट्टीमा प्रत्येक वर्गमिटरका लागि ११४ किलोग्राम भग्नावशेष उत्पन्न भएको अनुमान गरेको छ ।

यसको उपग्रह इमेजरी आधारित विश्लेषणले मानवीय समुदायलाई द्वन्द्व–सम्बन्धित क्षतिको हदको मूल्यांकन गर्न र आपत्कालीन राहत प्रयासहरूलाई आकार दिन मद्दत गर्दछ । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  २२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro