site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कतारका अमिरको दुईदिने नेपाल भ्रमणमा साढे दुई करोड खर्च 
फाइल तस्बिर ।

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले नेपाल भ्रमण गर्दा सरकारले करिब साढे दुई करोड रुपैयाँ खर्च गरेको पाइएको छ ।

अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार कतारका अमिरको भ्रमणको समयमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयले कुल दुई करोड ४७ लाख एक हजार रुपैयाँ खर्च गरेका हुन् । 

कतारका अमिरको नेपाल भ्रमणको समयमा परराष्ट्र मन्त्रालयले एक करोड १७ लाख ५१ हजार रुपैयाँ खर्च गरेको थियो । यस्तै, उक्त भ्रमणमा राष्ट्रपति कार्यालयले एक करोड २९ लाख ५० हजार रुपैयाँ खर्च गरेको थियो ।

अर्थ मन्त्रालयले भ्रमणमा खर्च भएको उक्त रकम राष्ट्रपति कार्यालयलाई गत जेठमा र परराष्ट्र मन्त्रालयलाई गत असारमा निकासा गरेको थियो । 

कतारका अमिरले गत वैशाख ११ र १२ गते नेपालको भ्रमण गरेका थिए । उनी राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro