site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापामा एक हजार ११० उद्योग दर्ता

भद्रपुर । आर्थिक वर्ष २०८०/०८१ झापामा एक हजार ११० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ ६२९ र वाणिज्यतर्फ ४८१ फर्म दर्ता भएका हुन् ।
 
उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार २८८ उद्योग खारेज हुँदा एक हजार ७०८ उद्योगले नवीकरण गरेका छन् । गत आवमा २४३ उद्योगले पुँजी वृद्धि गर्दा झापाका घरेलु तथा साना उद्योगको पुँजी तीन अर्ब २८ करोडले बढेको थियो । 

वाणिज्यतर्फ २७८ फर्मले पुँजी वृद्धि गर्दा पाँच अर्ब एक करोड १० लाख ५० हजार भएको छ ।

उक्त कार्यालयले गत आर्थिक वर्षमा दुई करोड ६८ लाख ९० हजार ७५० राजस्व संकलन गरेको छ । आव २०७९/०८० मा रु एक करोड ८० लाख ६ हजार संकलन भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro