site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मजदुरले भेट्टाए ८० लाखको हिरा, भन्छन्– घर बनाउँछु, बच्चा पढाउँछु

मध्य प्रदेश । भारतको मध्य प्रदेशका एक मजदुरले ‘लिज’मा लिएको खानी खन्दा ठूलो हिरा फेला पारेका छन् । सरकारी लिलामीमा १९.२२ क्यारेटको उक्त हिरालाई करिब ८० लाख भारुमा बेचिएको छ । मजदुर राजु गौडले पन्ना जिल्लामा आफूले त्यो खानी गएको १० वर्षदेखि लिजमा लिएको जनाएका छन् ।

नेसनल मिनरल डेभलपमेन्ट कर्पोरेसन (एनएमडीसी)ले व्यक्ति, परिवार वा सहकारी समूहलाई खानी लिजमा दिने गर्दै आएको छ । उनीहरू स्थानीयस्तरमा पाइने औजारको प्रयोग गरी खानी खन्ने गर्छन् ।

Dabur Nepal
NIC Asia

खन्दा जे भेटिन्छ, त्यो स्थानीय डायमण्ड कार्यालयमा बुझाउनुपर्ने र त्यसले हिराको मूल्यांकन गर्ने व्यवस्था छ ।

मध्य प्रदेश सरकारका अधिकारी अनुपम सिंहले तोकिएको समयका निम्ति खानी २०० देखि २५० भारुसम्ममा लिजमा दिने गरिएको जनाएका छन् ।

सन् २०१८ मा बुँदेलखण्डका एक मजदुरले पन्ना जिल्लामा नै १.५ करोडको हिरा भेट्टाएका थिए ।

राजुले फेला पारेको हिराको सरकारी कर कट्टा गरेर बाँकी रहने रकम उनले पाउनेछन् । राजुले हिरा बेचेको पैसाले राम्रो घर बनाउने र सन्तानलाई शिक्षा दिन खर्च गर्ने बताएका छन् । सबैभन्दा पहिला आफूले लिएको पाँच लाख भारु ऋण तिर्ने उनले जनाएका छन् ।

उनले फेरि आफू उक्त खानीमा जाने र हिरा खोज्ने बताएका छन् । बीबीसी हिन्दीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro