site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुख्यसचिवमा गड्तौलालाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव बनाएको हो । 

उनलाई असार ३१ गते कायमुकायम मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि मुख्यसचिव डा. वैकुण्ठ अर्याल निलम्बित भएका थिए । 

पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले उनलाई असार १० गते राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गर्ने निर्णय भएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव गड्तौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन् । गड्तौला पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro