site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केन्द्रको ठाडो निर्देशनले लुम्बिनीमा उपनेतालाई मुख्यमन्त्रीको चिट्ठा !
चेतनारायण आचार्य । फाइल तस्बिर : फेसबुकबाट ।

काठमाडौं । लुम्बिनी प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाइने भएको छ ।

पार्टी केन्द्रको ठाडो निर्देशनपछि पूर्वमुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता लीला गिरीको नाम काटिएको छ । उनलाई पछि पार्दै आचार्य मुख्यमन्त्री बन्न लागेका हुन् । आज बिहानसम्म गिरी मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा थिए ।

तर, पार्टी केन्द्रले उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएको छ । एमालेका लुम्बिनी प्रदेशसभा सदस्य भूमिश्वर ढकालले केन्द्रबाट आचार्यलाई मुख्यमन्त्री बनाउने निर्देशन आएको जानकारी दिए ।

“पार्टीबाट संसदीय दलका उपनेतालाई मुख्यमन्त्री बनाउने निर्णय आएको छ । आज दिउँसो १ बजे दाबी पेस गर्न मुख्यमन्त्री कार्यालय जाने तयारी गरेका थियौँ, केही ढिला होलाजस्तो छ । सम्भवतः ३ बजे जान्छौंँ,” ढकालले बाह्रखरीसित भने ।

एमाले लुम्बिनीका अध्यक्ष राधाकृष्ण कँडेलले केन्द्रको निर्णयानुसार नै मुख्यमन्त्री नियुक्त हुने गरेको बताए । “पार्टी केन्द्रले निर्णय गर्ने कुरा थियो । संसदीय दलका उपनेतालाई मुख्यमन्त्री बनाउने निर्णय भएको जानकारी आयो । सोहीअनुसार मुख्यमन्त्री बन्नुहुन्छ । यसअघि पनि केन्द्रले निर्णय गर्दै आएको थियो,” उनले भने ।

गिरी यसअघि ०७९ पुस २७ गते मुख्यमन्त्री बनेका थिए । केन्द्रमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धन बनेपछि उनले पद गुमाएका थिए ।

माओवादीबाट मुख्यमन्त्री रहेका जोखबहादुर महराले आइतबार (हिजो) प्रदेशसभा बैठकमा पदबाट राजीनामाको घोषणा गरेका थिए । नयाँ गठबन्धनपश्चात् अल्पमतमा परेका महराले राजीनामा दिएसँगै एमालेले त्यहाँ मुख्यमन्त्री पाएको छ ।

गिरी दलको नेता कायम रहने र उपनेता मुख्यमन्त्री बन्ने केन्द्रले निर्णय गरेको हो । मुख्यमन्त्री बन्न लागेका आचार्य महासचिव शंकर पोखरेलनिकट हुन् । गिरी उपाध्यक्ष विष्णु पौडेलनिकट मानिन्छन् । लुम्बिनीमा पौडेल र पोखरेलबीच शक्तिको लडाइँ हुँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro