site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्छौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, “नेपालको स्वामित्वमा रहेको अर्बाइटल स्लट उपयोग गरी अन्तरिक्षामा आफ्नै स्याटेलाइट स्थापना गर्नेछौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले वैदेशिक रोजगारीका कारण उपभोक्ताको उपयोग गर्ने तरिका र मागमा परिवर्तन आएको सुनाए । वैदेशिक रोजगारीले कस्तो परिवर्तन आयो भन्ने नेपाल राष्ट्र बैंकले अध्ययन गर्ने उनले बताए । 

“वैदेशिक रोजगारीले कुनकुन अवयवमा के कस्तो परिवर्तन गरेको छ, माग र आपूर्ति कहाँ बढेको छ, कहाँ घटेको छ भन्ने बारेमा राष्ट्र बैंकले विस्तृत अध्ययन गर्नेछ,” उनले भने ।

प्रधानमन्त्री ओलीले बालबालिकालाई भोकै मर्न नदिइने बताए । स्कुल जान, पढ्न नपाएका, जाडोमा न्यायो लुगा लगाउन नपाएका बालबालिका र भोक लाग्दा खान नपाएकाहरू सरकारको प्रमुख चासोको विषय भएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्