site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जापानमा कीर्तिमानी गर्मी, कृषि क्षेत्रमा विशेष जोखिम
तस्बिर : रोयटर्स ।

टोकियो । जापानका २०० भन्दा बढी स्थानमा आइतबार (भोलि) अत्यधिक तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ । गर्मीले जापानका ती स्थानहरूको कीर्तिमान तोड्ने अनुमान गरिएको छ ।

जापान मौसम संघका अनुसार, अत्यधिक गर्मीका कारण आउने उष्णलहर अगस्ट वा सेप्टेम्बरसम्म जारी रहने अपेक्षा गरिएको छ । यसले स्वास्थ्यमा मात्र नभई कृषिउद्यममा असर पार्दा र खाद्य सुरक्षाको जोखिम निम्त्याएको छ ।

यहाँको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको र १२ दिनमा पहिलोपटक १३० भन्दा बढी स्थानमा कडा गर्मी भएको मौसम पुर्वानुमान कार्यालयको तथ्यांकले देखाएको छ । यसले देशभरका बालबालिकालाई लामो गर्मी बिदा दिन बाध्य बनाएको छ ।

जापानको  शिजुओका सहर देशको सबैभन्दा तातो ठाउँ होे । यहाँ ३८.९ डिग्री सेल्सियससम्म तापक्रम रेकर्ड गरिएको छ । टोकियो क्षेत्रको फुचु सहरमा तापक्रम ३८ डिग्री सेल्सियस छ । हाल टोकियोका केही स्थानमा तापक्रम ३५.८ डिग्री सेल्सियस पुगेको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  २२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro