site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाहुना आएका भिनाजुको हत्या
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सोलुखुम्बुमा हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थुलुङ दूधकोसी गाउँपालिका–२, देवीस्थानका ४५ वर्षीय पूर्णबहादुर बस्नेत छन् ।

थुलुङ दूधकोसी–१, नेलेका आफ्नै भिनाजु ६० वर्षीय सुरेश बस्नेतको हत्या गरेको उनीमाथि आरोप छ । खुकुरी प्रहार गरी सुरेशको हत्या गरेको आरोपमा शनिबार बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पूर्णबहादुरले आफ्नै घरमा पाहुना आएका सुरेशमाथि खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  २१:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro