site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हत्या प्रयासपछि पहिलोपटक स्टेजमा ट्रम्प, भने– भगवान्‌को कृपाले यहाँ आउन पाएँ

वासिङटन । अमेरिकाको रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई औपचारिक रूपमा आउँदो कार्यकालको राष्ट्रपति पदको उमेदवारका रूपमा अनुमोदन गरेको छ । बिहीबार (नेपाली समयानुसार शुक्रबार बिहान) पार्टीले ट्रम्पलाई अनुमोदन गरेको हो ।

उनले त्यसलाई स्वीकार गर्दै सबै अमेरिकीलाई एक हुन बैठकमार्फत आग्रह गरे । गएको शनिबार आफ्नो हत्या प्रयास गरिएपछि उनले सार्वजनिक रूपमा पार्टीको बैठकमा पहिलोपटक मन्तव्य दिएका हुन् ।

Dabur Nepal
NIC Asia

शनिबार पेन्सिलभानियामा उनको हत्या प्रयास गरिएको थियो । उनले त्यो दिन आफ्नो शरीरभरि रगत चुहिएको बताए । आफ्नो पक्षमा भगवान् रहेको उनको भनाइ थियो ।

आफूले त्यो दिन टाउको नचलाएको भए रिपब्लिकन पार्टीको समारोहमा आउन नपाउने अवस्था हुने समेत उनले बताए । “सायद म आजको रात यहाँ हुने थिइनँ,” उनले भने, “म तपाईँहरूको अगाडि उभिन पाएको भगवान्‌को कृपाले मात्र हो ।”

ट्रम्पले शनिबारको र्‍यालीमा मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे ।

राजनीतिक कार्यक्रममा कमै मात्र उपस्थित हुने ट्रम्पपत्नी मेलानिया पनि त्यहाँ पुगेकी थिइन् । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro