site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
आठ संगीतकर्मीलाई 'छिन्नलता गीत पुरस्कार'
SkywellSkywell

काठमाडौं । आठजना संगीतकर्मीलाई 'छिन्नलता गीत पुरस्कार' प्रदान गरिएको छ । नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याउने संगीतकर्मीलाई आज छिन्नलता गीत पुरस्कार प्रदान गरिएको हो ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विसं. २०७९ र २०८० सालको छिन्नलता गीत पुरस्कार प्रदान गरेका हुन् ।

Dabur Nepal
NIC Asia

Shiva-Pariyaar-1721222019.jpg
 

प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, संगीतकार मनराजा नकर्मी, गायक शिव परियारलाई प्रदान गरे । युवा प्रतिभा पुरस्कार गायिका मेनुका पौडेलले प्राप्त गरिन् । 

Chiinalata-Puruskar-d-1721222018.jpg
 

२०८० सालको छिन्नलता गीत पुस्कार गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले, गायिका मनिला सोताङलाई प्रदान गरिएको छ । युवा प्रतिभा पुरस्कार गायक भुपू पाण्डेले प्राप्त गरे ।

Chiinalata-Puruskar-1721222018.jpg
 

छिन्नलता गीत, संगीत र गायन पुरस्कारको राशि जनही एक लाख रुपैयाँ छ । युवा प्रतिभा पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu